
४ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो ।
महानगरीय अपराध महाशाखाका एसपी होबिन्द्र बोगटीको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा भएको छ । तुलबहादुर कार्की नुवाकोट, प्रकाश मल्ल पूर्वी नवलपरासी, प्रविण पोखरेल रुपन्देही, प्रविणलाल श्रेष्ठ गुल्मीको प्रहरी प्रमुख भएका छन् ।
यस्तै राजन अधिकारीको सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोषकुमार भट्टराई पाल्पा तथा सन्तोषसिंह राठौरको सर्लाही सरुवा भएको छ ।
हेर्नुहोस् को कहाँ सरुवा भए ?
प्रतिक्रिया दिनुहोस