समाचार

जुम्लामा एकै दिन थपिए ५६ जना कोरोना संक्रमित

pcr test lab

४ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार जुम्लामा थप  ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाका हिमा गाउँपालिकाका ८ जना र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

एक सय २९ जनाको नमुना सङ्कलन गरिएको थियो । जुम्लामा यति धेरै सङ्क्रमित देखिएको यो पहिलो पटक हो ।
जुम्लाको चन्दननाथ नगरपालिकासहित सात वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

गत शुक्रवारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

सङ्क्रमितहरूको सम्पर्कमा आएका सबै जनाको कन्ट्रयाक ट्रेसिङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *