समाचार

कोरोना संक्रमणबाट बारामा थप एकजनाको मृत्यु

covid 19 dead body

४ भदौ, वीरगञ्ज । बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि बुधबार राति वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । तर, उनको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो । बिहीबार आएको रिपोर्ट अनुसार ती पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस