
४ भदौ, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण शसस्त्र प्रहरी बलको एफिएफ अस्पतालमा एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
काठमाडौँ बालुवाटार निवासी पुरुषको अस्पताल ल्याएको केही समयमा नै मृत्यु भएको एपिएसफ अस्पतालका मेडिकल डाइरेक्टर रुपक महर्जनले जानकारी दिए ।
करिब ८ दिन देखि कोरोना सङ्क्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल ल्याउँदा मृत्यु भएको हो । योसँगै बिहीबार मात्र कोरोना सक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस