समाचार

भरतपुर कोभिड-१९ प्रयोगशाला: चितवनका २२ सहित २६ जनामा कोरोना संक्रमण पुष्‍टि

Corona Lab Chitwan

५ भदौ, चितवन । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा भरतपुरबाट संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिका वडा नं २ र ८ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्‍वारेन्टाइनका हुन् ।

त्यसैगरी नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । नवलपुरका संक्रमितको स्वाब मध्यविन्दु अस्पतालबाट संकलन गरिएको हो भने अन्य तीनजनाको स्वाब बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो ।

योसँगै चितवनमा कुल संक्रमित व्यक्तिको संख्या ३०३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु भएको छ भने, कैलालीका एक बिरामीको पनि चितवनमा नै उपचारको क्रममा मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस