५ भदौ, ओखलढुंगा । ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा ४ वर्षीय भान्जाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।
गत साउन दुई गते माइत आएकी दमाईले भान्जाको हत्या गरेको प्रहरीले जनाएको छ । जुनुलाई आफ्नै बहिनीको ४ वर्षीय छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
मृतक बालकका हजुरबुवाले आफ्नै छोरीले नातिको हत्या भएको भनेर किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बस्नेतले बताए । आरोपितलाई म्याद थप परि अनुसन्धान थालिएको र प्रारम्भिक अनुसन्धानमा बहिनीको रिसले उनका छोराको हत्या गरेको खुलेको बस्नेतले बताए ।