५ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुष रहेको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिए ।
भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका ती पुरुषमा ज्वारो, खोकी आदी देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । त्यहाँ उनलाई निमोनिया भएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालमा जनाएको छ ।
उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको डा. थापाले बताए । हिजो नै रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोना कारणले मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस