समाचार

आइसोलेसनको सामग्री तोडफोडपछि चोरी

hospital todfod ani chori

५ भदौ, संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ। खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।

करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चोरिएका छन् ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *