
५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गरेका छन् ।
यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था अहिले नरहेको पनि ट्विटमार्फत उल्लेख गरेका छन् ।
‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘तीजको हार्दिक शुभकामना !’
प्रतिक्रिया दिनुहोस