समाचार

आइसोलेसन बेड अभावमा घरमै बसिरहेका विराटनगरका संक्रमितको मृत्यु

covid 19

५ भदौ, विराटनगर । विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् । घरमै रहेको अवस्थामा बिहीबार राति उनको मृत्यु भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए ।

वडाध्यक्ष कामतका अनुसार आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेको बताए । महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *