
५ भदौ, काठमाडौं । अनलाइनबाटै प्रिन्टिङ सुविधा दिने गरी प्रिन्ट सेवा सञ्चालनमा आएको छ । प्रविधिको विकास र बजारको आवश्यकता अनुसार कम्पनीले प्रिन्टिङका कामहरु डिजिटल प्लेटफर्मबाटै उपलब्ध गराउन थालेको हो ।
आफूलाई नेपालकै पहिलो प्रिन्टिङ इकमर्सको रुपमा दाबी गर्दै आएको कम्पनीले छपाई सम्बन्धी सबै सेवाहरु अनलाइनबाटै उपलब्ध गराइने जनाएको छ । जसमा कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्ने सुविधा रहेको छ ।
त्यस्तै ५० भन्दा बडी किसिमको पेपर, ३० भन्दा बडी मिडिया प्रयोग गरी गुणस्तरीय छपाइ सेवा पनि दिने प्रतिबद्धतता जनाएको छ।
प्रिन्टसेवाको वेबसाइटमा गएर कुनै पनि छपाइमात्र होइन डिजाइनको कामका लागि पनि त्यहीबाट अरुलाई हायर गर्न सकिने छ। छपाइको अर्डर गरेपछि कम्पनीले डेलिभरी दिने छ। अहिलेका लागि यस्तो डेलिभरी सुविधा काठमाडौंमा मात्र सिमित रहेको कम्पनीले बताएको छ।