
५ भदौ, काठमाडौं । हरितालिका तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शनको लागि नजाने भएकी छन् ।
शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुने परम्परा रहेको थियो ।
यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड–१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस