समाचार

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली अछाममा

ram bdr thapa achham

५ भदौ, काठमाडौं । बाढीपीडितहरुका लागि राहत उपलब्ध गराउन भन्दै  गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली अछामको रामारोशन गाउँपालिका पुगेका छन् । काठमाडौँबाट गृहमन्त्रीसहितको टोली बिहान नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत राहत सामग्री लिएर अछामको रामारोशन गाउँपालिका पुगेका हुन् ।

राहत सामग्री वितरणका लागि गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवं सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोख्रेल छन् ।

राहातसामग्री नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको छ भने ११ त्रिपालको व्यवस्था नेता भीम रावलले गरेका छन । सो राहात सामाग्रीमा खाद्यान्न भाँडाकुडा, त्रिपाल लगाएका सामाग्री छन् । अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । बाढीपहिरोले रामारोशनका दर्जनौँ परिवार घरबार विहीन भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस