समाचार

भक्तपुुर र काठमाडौंमा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना

Nepal Army

५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ)का काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा कोरोना संक्रमण भेटिएको सशस्त्र प्रहरी प्रवक्ताले जनाए ।

डिआइजी अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा काेराेना देखिएको हो । प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै सशस्त्र प्रहरी बलका ३७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *