समाचार

काठमाडाैं उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि

pcr test lab

५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १४२ , ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस