समाचार

एक जना संक्रमित भेटाउन १ लाखभन्दा बढी खर्च लाग्छ : स्वास्थ्य मन्त्रालय

pcr test lab

५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमित खोज्नका लागि १ लाखभन्दा बढी खर्च लाग्ने गरेको दाबी गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गरेर एउटा पोजिटिभ भेट्न सरकारको १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुने बताएका छन् ।

नेपालमा अहिलेसम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

परीक्षण गरिएका मध्ये ३० हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस हिसाबबाट एक जना सङ्क्रमित पत्ता लगाउन सरकारको एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार एक हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै पाँच हजार पाँच सय रुपैयाँ खर्च हुन्छ ।

यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ । एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस