
५ भदौ, काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले दैनिक ५०० यात्रुका लागि उडान तालिका बनाउने, जसमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु नेपाल आउन सक्ने र उनीहरुको पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ हुनुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
यसरी पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ भई काठमाडौं आएकाहरुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।
यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ ।