समाचार

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण

bayalpata hospital

५ भदौ, कैलाली । अछामको एक अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले जानकारी दिए ।

बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको बयलपाटा अस्पतालले जनाएको छ । संक्रमितमध्ये पाँच जना अस्पतालको प्रयोगशालामा कार्यरत रहेका थिए ।

यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *