५ भदौ, काठमाडौं । सरकारले लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको छ। लक्षण नभएका कोरोना संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।
लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस