अर्थनीति

कोरोना नियन्त्रण र उपचारमा सरकारको १३ अर्ब खर्च

Yubraj Khatiwadda

५ भदौ, काठमाडौं । सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च भएको जानकारी दिए ।

सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड रुपैयाँखर्च भएको जनाइएको छ ।

संघीय सरकारले खर्च गरेको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड रुपैयाँखर्च भएको छ ।

कोरोना कोषबाट खर्च भएको रकम भने प्रदेश र स्थानीय तहमा समेत गएको अर्थ सूचना तथा सञ्चारमन्त्री समेत रहेका खतिवडाले जानकारी दिए ।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ ।

यस्तो खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड रुपैयाँखर्च भएको छ ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष खर्च नभएको संस्थागत सामाजिक उत्तरदायित्वको रकम थपिन थालेकोले यो कोषका केही रकम थपिएको खतिवडाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस