समाचार

रत्ननगर अस्पतालका मेसुले जिते कोरोना, प्लाजामा दिन तयार

Bishwo bandhu Bagale

६ भदौ, चितवन । पूर्वी चितवनको बकुलहर रत्नननगर अस्पताल टाँडीका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. विश्वबन्धु बगाले, कोरोना जित्न सफल भएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो । भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए । कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीसँगै परीक्षणका क्रममा उनकी श्रीमतीको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी बताए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *