
६ भदौ, चितवन । सुख्खा पहिरो आएर गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।
आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।
राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस