विश्व/प्रवास

साढे २ करोड भारूमा बिक्री भयाे महात्मा गान्धीको चश्मा

gandhi

६ भदौ, काठमाडौं । महात्मा गान्धीले  प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् ।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर साेचेभन्दा बढी माेलमा उक्त चश्मा बिक्री भयाे । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

gandhi chasmaबिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसकाे अुनसन्धानबाट गान्धीले चश्मा लगाएकाे समय र अन्य प्रमाणका अाधारमा याे गान्धीकै पहिलाे चश्मा हुन सक्ने तथ्य पत्ता लागेकाे बताइएकाे छ ।

‘लगभग ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए। अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ’, इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस