समाचार

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

covid 19 dead body

६ भदौ, वीरगञ्ज । कोरोना संक्रमणको कारण पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ । हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएका पर्सा बहुदरमाई नगरपालिका ६१ वर्षीय पुरुष शनिबार बिहान ७ बजे र वीरगञ्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन् ।

अस्पतालका अनुसार ५४ वर्षीय पुरुष भदौ ५ गते श्वासप्रश्वासको समस्या लिएर आइसोलेसनमा भर्ना भएका थिए । उनी मिर्गौलाका बिरामी थिए ।

त्यस्तै ६१ वर्षीय पुरुष भदौ ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी दम, मुटु रोग र उच्च रक्तचापका बिरामी थिए । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *