समाचार

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

pcr test lab

६ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्‍टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विहान दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा कास्की र नवलपरासी पूर्वका ३-३ जना छन् भने तनहुँ र स्याङ्जाका दुई-दुईजना तथा बाग्लुङका एक जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८५५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस