
६ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा एकै दिनमा १० लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) का अनुसार शुक्रबार मात्रै १० लाख २३ हजार ८ सय ३६ नमुना परीक्षण गरिएको छ ।
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै परीक्षण गरिएको हो । आईसीएमआरका अनुसार अगस्ट २१ सम्म ३ करोड ४४ लाख ९१ हजार ७३ नमुना परीक्षण गरिएको हो ।
भारतमा पछिल्लो २४ घण्टामा थप ६९ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइउको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै थप ९ सय ४७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ भने २९ लाख ७५ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २२ लाख २२ हजारभन्दा बढी निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस