समाचार

काठमाडौं उपत्यकामा शनिबार थप २१६ जनामा कोरोना पुष्टि

covid 19 swab test

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २१६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१६  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १६०, ललितपुरमा ६  र भक्तपुरमा ५० जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार  ११७  पुगेको छ । संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस