
६ भदौ, काठमाडौं । बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । शनिबार बिहान महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालकले झोला फ्याँकेर फरार भएको बारा प्रहरीले जनाएको छ । रातो जेब्रा झोला खोलेर हेर्दा एक हजारका ७६२ थान र ५०० दरका १६७६ थान नोट भेटिएको प्रहरीले जनाएको छ ।
फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस