
६ भदौ, जनकपुरधाम । केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक साताको लागि थप गरिएको छ ।
कोरोना माहामारीको संक्रमण निरन्तर बढ्दै गएपछि आज बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलि राति १२ बजेदेखि लागू हुने गरी थप सात दिनका लागि निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
योसहित रौतहटमा आज तेस्रो पटक निषेधाज्ञाको समयावधि थप गरिएको हो । निषेधाज्ञा लागू भएको समयमा अत्यावश्यक कामबाहेक जथाभावी बाहिर ननिस्किन रौतहट प्रशासनले जिल्लावासीसँग आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस