समाचार

रौतहटमा अगामी १४ गतेसम्म निषेधाज्ञा

nisedhagya

७ भदौ, रौतहट ।  रौतहट जिल्ला भरमा लागूहुने गरि अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ को संक्रमिकतहरुको संख्या दिनानुदिन बढदै गइरहेकोले शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार गत १ गतेबाट थप गरिएको निषेधाज्ञालाई १४ गते आइतबार राति १२ः०० बजे सम्मलाई निरन्तरता दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

योसहित रौतहटमा तेस्रो पटक निषेधाज्ञाको समयावधि थप गरिएको हो । निषेधाज्ञा लागू भएको समयमा अत्यावश्यक कामबाहेक जथाभावी बाहिर ननिस्किन रौतहट प्रशासनले जिल्लावासीसँग आग्रह गरेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस