विश्व/प्रवास

भारतमा कोरोनाबाट एक सातामै करिब ६ हजारको मृत्यु

covid 19 india dead body

७ भदौ, काठमाडौं । भारतमा एक सातामै कोरोनाबाट करिब ६ हजारको मृत्यु भएको छ । संक्रमित संख्याको आधारमा भारत तेस्रो स्थानमा रहेको साता दिनभित्र ५ हजार ८१४ को मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यो संख्या अगस्ट १६ देखि २२ सम्मको हो । यसरी हेर्दा भारतमा हरेक दिन औसतमा ९ सय भन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्र भारतमा ९१८ को मृत्यु भएको छ ।

यससँगै भारतभर कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ५६ हजार ७ सय ६ पुगेको छ । त्यस्तै हालसम्म २९ लाख ७५ हजार ७०१ संक्रमित भइसकेका छन् । जसमध्ये २२ लाख २२ हजार ५७७ निको भइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस