समाचार

निर्मला पन्त हत्या प्रकरण : अदालतले भन्यो- ‘ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन नमाग्ने ?’

Nirmala

७ भदौ, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या सम्बन्धमा अनुसन्धान गर्दा निलम्बन तथा बर्खास्त गरिएका प्रहरी अधिकारीलाई अन्याय भएकाले नेतृत्वले माफी माग्नुपर्ने फैसला सुनाएको छ ।

उक्त प्रकरणको अनुसन्धानमा खटिएका ८ प्रहरी कर्मचारीविरुद्ध प्रमाण नष्ट गरेको र सार्वजनिक न्यायविरुद्धको कसुर र यातना दिएको आरोपमा मुद्दा चलाइएकामा उनीहरुलार्ई जिल्ला अदालत कञ्चनपुर सफाइ दिएको थियो ।

उक्त फैसलाको पूर्ण पाठमा प्रहरी कर्मचारीले पक्राउ परेका दिलिप सिंह विष्टलाई यातना दिनुपर्ने कुनै कारण नभएको र प्रमाण नष्ट समेत नगरेको उल्लेख गरिएकाे छ ।

दिलिपलाई हिरासतमा लिँदा र छाड्दा स्वास्थ्य परीक्षण गरेको, परीक्षण गर्ने डाक्टरले समेत दिलिपलाई यातना दिएको नदेखिएको अदालतमा बताएको, निलडाम चोटपटक नदेखिएको, सरकारी वकिलकै सामु सोधपुछ गरेको भिडियो फुटेजमा समेत कुनै यातना दिएको छनक नदेखिएको र यातना दिनुपर्ने पर्ने कुनै कारण नभएको पूण पाठमा उल्लेख छ ।

गत २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न जान्छु भनेर गएकी निर्मला साउन ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि उनको हत्यामा संलग्न अझैसम्म कानूनी कठघरामा उभ्याउन सकिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस