समाचार

बारा र पर्सामा थपिए एक सय ५६ जना कोरोना संक्रमित

narayani hospital birjung

७ भदौ, पर्सा । बारा र पर्सामा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गए राति गरिएको परीक्षणमा  बाराका ११ र पर्सामा एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सकसहित १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमित हुनेमा तीन वर्षीय बालकदेखि ७० वर्षसम्मका रहेको सिंहले बताए । संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी, भवानी हस्पिटल, नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेका छन् ।

योसँगै पर्सामा हालसम्म संक्रमित हुनेको संख्या एक हजार नौ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस