समाचार

ललितपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

rape

७ भदौ, काठमाडौं । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भइ ललितपुर महानगरपालिका-२८ हरिसिद्दी बस्ने १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस