समाचार

केही बेरको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा

death leopard

७ भदौ, लमजुङ । लमजुङ बेशीसहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिसलाई आक्रमण गर्दा चितुवा मारिएको छ ।

चितुवाले बालकमाथि आक्रमण गर्न खोजे पछि ६३ वर्षीय हरि बहादुर थापाले हसिया प्रहार गर्दा चितुवा मारिएको हो ।

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ ।

chituwa aakramanमृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *