७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छोडेर ठूलो संख्यामा नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
विप्लवको पार्टी छोड्नेमा तत्कालीन मध्य केन्द्रीय कमाण्डका सैन्य कमाण्डर जीवन लामा (जिमी)को नेतृत्वमा ब्युरो सदस्यहरू प्रह्लाद फुयाल, गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस