समाचार

थापाथलीस्थित प्रसुती गृहका चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

prasuti griha thapathali

७ भदौ, काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालमा कार्यरत नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये दुई जना कर्मचारी अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस