
७ भदौ, रौतहट । रौतहटस्थित बागमती नदीमा आज (आइतबार) बिहान पौडी खेल्ने क्रममा डुबेर तीन बालिकाहरु बेपत्ता भएका छन् ।
रौतहटको गढिमाई नगरपालिका–७ धरमपुर टोलका भदै मुखियाको १० वर्षीया छोरी पिंकुकुमारी मुखिया, लक्षुमण दासको १२ वर्षीया छोरी सुसिता कुमारी दास र छटु मुखियाको १० वर्षीया छोरी चन्चलकुमारी मुखिया गाउँ नजिकै रहेको बागमती नदीमा नुहाउने क्रममा बेपता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।
डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस