समाचार

भारत बसेर नेपालमा हतियार र लागुऔषध कारोबार, समातिए मुख्य नाइके ‘बग्गा’

bagga

७ भदौ, विराटनगर । भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-१६ दरैया नाकामा नियन्त्रित लागुऔषधसहित यादवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

यसअघि २०७५ साल मंसिर ३ गते विराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोलसहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई यादवले नै हतियार पठाएको प्रहरीको भनाइ छ ।

त्यसैगरि २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई यादवले नै लागुऔषध ब्राउनसुगर तथा पेस्तोल पठाएका थिए । सो घटनामा लागुऔषध र पेस्तोलसहित विराटनगर १६ का विद्यानन्द मण्डल र अनुप गिरीलाई विराटनगर बसपार्कबाट पक्राउ गरिएको थियो ।

सोही घटनामा संग्लग्न रहेको र सर्वाधिक खोजीको सूचीमा यादव रहेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस