७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १२६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । संक्रमितमध्ये १८ हजार ६३१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस