समाचार

लिदी पहिरो: ३३ जनाको शव फेला, ६ अझै बेपत्ता

sindhupalchowk pahiro1

७ भदौ, सिन्धुपाल्चोक । दश दिनअघि जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये आज थप एकको शव फेला परेको छ ।

आइतबार एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आइतबार ७२ वर्षिया एकल महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए । योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्र प्रहरीका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्वमा खोजी कार्य जारी रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस