
७ भदौ, दाङ । पश्चिम दाङमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २३ बर्षका हर्के बहादुर दर्लामी रहेको चिराघाट प्रहरी चौंकीले जानकारी दिएको छ ।
आरोपीले माइलीपानी जंगलमा एक २१ बर्षकी युवतीलाई शनिबार बिहान १० बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । दर्लामीलाई प्रहरीले पक्राउ गरेर जबरजीती करणी सम्बन्धी मुद्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस