विश्व/प्रवास

कोरोनाको प्रतिबन्धबीच नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु

peru night club

८ भदौ, काठमाडौं । पेरूको एक नाइट क्लबमा प्रहरीले छापा मार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी गरिएपछि प्रहरीले छापा मार्दा त्यहाँ भागदौड मच्चिएको थियो । सो क्रममा १३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ ।

भागदौडमा तीन प्रहरीसहित छ जना घाइते भएका छन् । प्रतिबन्धनकाबीच क्लब सञ्चालन गरेको भन्दै त्यसका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु मार्चदेखि बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस