समाचार

पर्साका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

pcr test lab

८ भदौ, पर्सा । पर्सामा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ६ महिला र २८ पुरुष गरी पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २० र पर्सागढी नगरपालिकाका १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिएका छन् ।

संक्रमितमध्ये वीरगञ्ज–४ की एक महिला , वीरगंज– ६ का एकजना पुरुष, वीरगंज– ११ का एकजना पुरुष, वीरगंज–१२ का एकजना पुरुष रहेका छन् । यस्तै वीरगञ्ज– १५ का ९ पुरुष ४ महिला, वीरगंज–१६ का एकजना महिला, वीरगंज २१ का एकजना पुरुष, वीरगंज– २४ का एकजना पुरुष रहेका छन् ।

यस्तै अन्य १४ जना संक्रमितहरु पर्सागढी नगरपालिका– ८ का हुन् । उनीहरु सबै पुरुष हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सामा १ हजार ९४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस