
८ भदौ, काठमाडौं । भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ ।
एसआईआईले वक्तव्य जारी गर्दै भ्याक्सिनबारे भइरहेको अड्कलबाजीको कुनै अर्थ नभएको बताएको छ । उसले अघि भनेको छ, ‘सरकारले हामीलाई भ्याक्सिन उत्पादनको अनुमति दिएको छ । भ्याक्सिन बजारमा त्यसबेला आउनेछ, जब ट्रायलमा यो प्रभावकारी रहेको सफलतापूर्वक पुष्टि हुनेछ ।’
प्रतिक्रिया दिनुहोस