
८ भदौ, सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं. २ बस्ने ४५ वर्षीय राम ईश्वर पासवान रहेको छ ।
आज बिहान ब्रहम्पुरी गाउँपालिका वडा नं. १ बस्ने सुरेश साह तेलीको घरमा ज्यालामा काम गर्ने क्रममा मोटरको तारमा करेन्ट लागी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको र मृतक पासवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल,मलंगवामा पठाइ सकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राजु प्रसाद कुर्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस