
८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १७७ , ललितपुरका ३३ र भक्तपुरका १४ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस