८ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।
मृत्यु हुनेमा रुपन्देहीका चार जना रहको डा. गौतमले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस