समाचार

साढे ६ केजी अफिमसहित तार्केश्वरबाट दुई जना पक्राउ

aafim aaropi

८ भदौ, काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउतलाई साढे ६ केजी अफिमसहित पक्राउ गरेको हो ।

बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । एसएसपी थापाका अनुसार अफिम काठमाडौँ ल्याएर ८ लाख प्रतिकेजीका दरले विक्री गर्न लागिएको अवस्थामा प्रहरीले सूचना पाएको थियो ।

बेच्नका लागि कालो झोलामा बोकेको अफिमसहित काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिकाको शेषमती सानो पुल नजिकबाट उनीहरु पक्राउ परेको थापाले बताए । पक्राउ परेका विकले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको खुलेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस