समाचार

दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण

covid 19 test positive

८ भदौ, दाङ । दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६९ जनाको नमूना संकलन गरी परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका अनुसार शान्तिनगर गाउँपालिकाका ११ जना र घोराही उपमहानगरपालिकाका ३ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जना रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १४ का एक जना र १५ का दुई जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *